७० हजार उडान भरेर बिदा भयो बुद्धको एटीआर (तस्बिरहरू) « Khabarhub

७० हजार उडान भरेर बिदा भयो बुद्धको एटीआर (तस्बिरहरू)


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रको अग्रणी बुध्द एयरले एउटा जहाजलाई व्यवसायिक उडानबाट बिदाइ गरेको छ।

एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट बिदाइ गरिएको हो ।

नेपाली आकाशमा १६ वर्षदेखि उडान भर्दै आएको बुद्ध एयरको एटीआर–४२ विमानले सोमबार ७० हजार उडान भरेर बिदा भएको हो ।

जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छ । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपूर्जा फेर्नै पर्ने हुन्छ ।

विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न नपाइने बुद्ध एयरका टेक्निकल निर्देशक मङेस थापाले बताए। त्यसपछि जहाजलाई बिदाइ गर्नैपर्ने उनले बताए ।

बुध्द एयरले सन् २००८ मा आईएफसीको ऋण सहयोगमा दुई एटीआर–४२–३२० ल्याएको थियो । १६ वर्षयता बुध्द एयरले १९ वटा एटीआर जहाज भित्र्याइसकेको छ ।

मंगलबार नेपाली रजिष्ट्रेशन नाइन एन एआईएन तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर एमएसएन-४०३ ले व्यवसायिक उडानमार्फत ७० हजार उडान पूरा गरेको थियो । १६ वर्ष ३ दिन लामो उडानका क्रममा यो एटीआरले १८ लाखभन्दा बढी यात्रु ओसारेको थियो ।

बिदाइ कार्यक्रममा ‘एटीआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टीम विकसित राष्ट्रको जस्तै अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : १० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण