७० हजार उडान भरेर बिदा भयो बुद्धको एटीआर (तस्बिरहरू) « Khabarhub

७० हजार उडान भरेर बिदा भयो बुद्धको एटीआर (तस्बिरहरू)


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रको अग्रणी बुध्द एयरले एउटा जहाजलाई व्यवसायिक उडानबाट बिदाइ गरेको छ।

एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट बिदाइ गरिएको हो ।

नेपाली आकाशमा १६ वर्षदेखि उडान भर्दै आएको बुद्ध एयरको एटीआर–४२ विमानले सोमबार ७० हजार उडान भरेर बिदा भएको हो ।

जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छ । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपूर्जा फेर्नै पर्ने हुन्छ ।

विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न नपाइने बुद्ध एयरका टेक्निकल निर्देशक मङेस थापाले बताए। त्यसपछि जहाजलाई बिदाइ गर्नैपर्ने उनले बताए ।

बुध्द एयरले सन् २००८ मा आईएफसीको ऋण सहयोगमा दुई एटीआर–४२–३२० ल्याएको थियो । १६ वर्षयता बुध्द एयरले १९ वटा एटीआर जहाज भित्र्याइसकेको छ ।

मंगलबार नेपाली रजिष्ट्रेशन नाइन एन एआईएन तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर एमएसएन-४०३ ले व्यवसायिक उडानमार्फत ७० हजार उडान पूरा गरेको थियो । १६ वर्ष ३ दिन लामो उडानका क्रममा यो एटीआरले १८ लाखभन्दा बढी यात्रु ओसारेको थियो ।

बिदाइ कार्यक्रममा ‘एटीआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टीम विकसित राष्ट्रको जस्तै अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको