आईफोन-१६ सिरिज सार्वजनिक, के छन् नयाँ फिचर ?  « Khabarhub

आईफोन-१६ सिरिज सार्वजनिक, के छन् नयाँ फिचर ? 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले नयाँ फिचरसहित आइफोन- १६ लन्च गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पलले नयाँ फोनको सबै सिरिजहरू सार्वजनिक गरको हो । 

इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टमा एप्पल वाच सिरिज–१०,एप्पल वाच अल्ट्रा २, एयरपड–४, एयरपड म्याक्स साथै आईफोन–१६ का सबै सिरिज सार्वजनिक गरिएको हो । जहाँ आईफोन–१६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन प्रो म्याक्स लन्च गरिएको हो । यस अघिका आइफोनहरु भन्दा बढी अपडेट गरेर आइफोन १६ सार्वजनिक गरिएको कम्पनीको दावी छ ।  

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) का केही क्षमतासहित यसपटक नयाँ सिरिजमा एप्पल इन्टेलिजेन्सको पनि प्रयोग गरिएको छ ।
आईफोन १६ को स्क्रिन साइज ६.१ इन्चको छ । जबकि आईफोन १६ प्लसको स्कृन साइज ६.७ इन्चको छ । यस्तै आईफोन १६ प्रोको स्कृन साइज ६.३ इन्चको हुन्छ भने प्रो म्याक्सको साइज ६.९ इन्चको हुन्छ । स्क्रिन

यससँगै आईफोन १६ प्रोम्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन पनि हो । यस्तै क्यामेरा कन्ट्रोल फिचरमा भने नयाँ एक्सन बटन जडान गरिएको छ । साथै चिपसेटको सन्दर्भमा नयाँ सिरिजमा ए १८ चिपसेट उपलब्ध गराएको छ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्चालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए १८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० फ्रेम प्रति सेकेन्ड गुणस्तरको भिडियो रेकर्ड गर्न सक्छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार