राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग « Khabarhub

राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गरेका छन् । भूकम्प भएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गरे । 

सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष बितिसक्दा पनि भूकम्पपीडितले राज्यबाट राहत सामग्री नपाएका तथा भूकम्पका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । 

सांसद कृष्णबहादुर रोकायले पनि प्राकृतिक विपद्बाट क्षति बेहोरेकाहरूलाई सहयोग गर्नु राजइको दायित्व हो भने। 

आत्महत्या रोक्न मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने  देशमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै सांसद पदमबहादुर परियारले स्थानीय तहमा मनोपरामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

सांसद आन्दप्रसाद ढुङ्गानाले लामो समयदेखि कालोपत्र हुन नसकेका सडकपत्र गर्न माग गरे । सांसद घनश्याम रिजालले धुलिखेल सडक लामो समयदेखि बन्न नसक्दा आवतजावतमा असर परेको गुनासो गरे। 

सांसद रेणु चन्दले सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्ययनको ‘कोटा’ बढाउनुपर्नेमा जोड दिएकी छन्  । 

सांसद विष्णुकुमारी सापकोटाले मनसुनजन्य विपद् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य बीमा रकम बढाउनुपर्ने बताइन्। 

सांसद विष्णुबहादुर विश्वकर्माले विशेष छात्रवृत्ति कार्यक्रममा लक्षित समुदायका लागि कलेजहरुमा कोटा बढाउनुपर्नेमा जोड दिए। 

सांसद कृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको ‘बफर जोन’मा बस्ने समुदायमा मानव– वन्यजन्तुद्वन्द्व बढेकाले त्यसको नियन्त्रणका निम्ति राज्यले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ गरे। 

सांसद सावित्री मल्लले भूकम्पपीडितका निम्ति सहयोग गर्ने कार्यविधि समयमा तर्जुमा नहुँदा पीडितलाई समस्या भएको गुनासो गरेकी छन्। 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : २९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका