राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग | Khabarhub Khabarhub

राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गरेका छन् । भूकम्प भएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गरे । 

सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष बितिसक्दा पनि भूकम्पपीडितले राज्यबाट राहत सामग्री नपाएका तथा भूकम्पका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । 

सांसद कृष्णबहादुर रोकायले पनि प्राकृतिक विपद्बाट क्षति बेहोरेकाहरूलाई सहयोग गर्नु राजइको दायित्व हो भने। 

आत्महत्या रोक्न मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने  देशमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै सांसद पदमबहादुर परियारले स्थानीय तहमा मनोपरामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

सांसद आन्दप्रसाद ढुङ्गानाले लामो समयदेखि कालोपत्र हुन नसकेका सडकपत्र गर्न माग गरे । सांसद घनश्याम रिजालले धुलिखेल सडक लामो समयदेखि बन्न नसक्दा आवतजावतमा असर परेको गुनासो गरे। 

सांसद रेणु चन्दले सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्ययनको ‘कोटा’ बढाउनुपर्नेमा जोड दिएकी छन्  । 

सांसद विष्णुकुमारी सापकोटाले मनसुनजन्य विपद् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य बीमा रकम बढाउनुपर्ने बताइन्। 

सांसद विष्णुबहादुर विश्वकर्माले विशेष छात्रवृत्ति कार्यक्रममा लक्षित समुदायका लागि कलेजहरुमा कोटा बढाउनुपर्नेमा जोड दिए। 

सांसद कृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको ‘बफर जोन’मा बस्ने समुदायमा मानव– वन्यजन्तुद्वन्द्व बढेकाले त्यसको नियन्त्रणका निम्ति राज्यले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ गरे। 

सांसद सावित्री मल्लले भूकम्पपीडितका निम्ति सहयोग गर्ने कार्यविधि समयमा तर्जुमा नहुँदा पीडितलाई समस्या भएको गुनासो गरेकी छन्। 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २९ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र