धनराजले संसद्‍मा भने- पूर्वश्रीमतीले गरेको सहकारी ठगीमा मलाई नजोडिदिनू « Khabarhub

धनराजले संसद्‍मा भने- पूर्वश्रीमतीले गरेको सहकारी ठगीमा मलाई नजोडिदिनू

आरोप लागिसकेपछि आफूमाथि छानबिन गरिदिन माग


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन पनि माग गरेका छन् ।

उनले आफू र ज्योतिबीच २०७६ फागुनमै डिभोर्स भइसकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत हुने तर्क गरेका हुन् ।

सांसद गुरुङले पूर्वश्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको बताए। उनले त्यसलाई नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आफूमाथि यसअघि लागेको आरोपमा पनि छानबिनपछि सफाइ पाएको बताउदै आफ्नोबारे छानबिन गरेर आरोपलाई गलत सावित गरिदिन सभामुख देवराज घिमिरे र सरकारसँग माग गरेका छन् ।

पूर्वकानुनमन्त्री रहेका गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : ३९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच