धनराजले संसद्‍मा भने- पूर्वश्रीमतीले गरेको सहकारी ठगीमा मलाई नजोडिदिनू « Khabarhub

धनराजले संसद्‍मा भने- पूर्वश्रीमतीले गरेको सहकारी ठगीमा मलाई नजोडिदिनू

आरोप लागिसकेपछि आफूमाथि छानबिन गरिदिन माग


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन पनि माग गरेका छन् ।

उनले आफू र ज्योतिबीच २०७६ फागुनमै डिभोर्स भइसकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत हुने तर्क गरेका हुन् ।

सांसद गुरुङले पूर्वश्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको बताए। उनले त्यसलाई नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आफूमाथि यसअघि लागेको आरोपमा पनि छानबिनपछि सफाइ पाएको बताउदै आफ्नोबारे छानबिन गरेर आरोपलाई गलत सावित गरिदिन सभामुख देवराज घिमिरे र सरकारसँग माग गरेका छन् ।

पूर्वकानुनमन्त्री रहेका गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : ३९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं