भाकपा महासचिव येचुरी गम्भीर बिरामी, दिल्लीको एम्समा उपचार हुँदै « Khabarhub

भाकपा महासचिव येचुरी गम्भीर बिरामी, दिल्लीको एम्समा उपचार हुँदै


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी (सीपीएम) का महासचिव सीताराम येचुरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

उनको दिल्लीस्थित अल इन्डिया इन्टिच्यट अफ मेडिकल साइन्स (एम्स अस्पताल) मा उपचार भइरहेको छ । येचुरीलाई गहन चिकित्सा विभाग (आईसीयू) मा राखिएको छ ।

सीपीएमले जारी गरेको वक्तव्यमा येचुरीको श्वासनलीमा गम्भीर संक्रमण भएको र चिकित्सकको टोली उपचारमा खटिएको उल्लेख छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार ज्वरो आएपछि अगस्ट १९ मा येचुरीलाई एम्समा भर्ना गरिएको थियो । त्यसपछि उनलाई आईसीयूमा सारिएको हो ।

७३ वर्षीय येचुरीको हालै मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । अगस्ट २२ मा उपचाररत येचुरीले भिडियो सन्देशमार्फत् पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई श्रद्धाञ्जली दिएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : ५२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले