अन्तर्राष्ट्रिय

भाकपा महासचिव येचुरी गम्भीर बिरामी, दिल्लीको एम्समा उपचार हुँदै

By खबरहब

September 10, 2024

नयाँदिल्ली- भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी (सीपीएम) का महासचिव सीताराम येचुरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

उनको दिल्लीस्थित अल इन्डिया इन्टिच्यट अफ मेडिकल साइन्स (एम्स अस्पताल) मा उपचार भइरहेको छ । येचुरीलाई गहन चिकित्सा विभाग (आईसीयू) मा राखिएको छ ।

सीपीएमले जारी गरेको वक्तव्यमा येचुरीको श्वासनलीमा गम्भीर संक्रमण भएको र चिकित्सकको टोली उपचारमा खटिएको उल्लेख छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार ज्वरो आएपछि अगस्ट १९ मा येचुरीलाई एम्समा भर्ना गरिएको थियो । त्यसपछि उनलाई आईसीयूमा सारिएको हो ।

७३ वर्षीय येचुरीको हालै मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । अगस्ट २२ मा उपचाररत येचुरीले भिडियो सन्देशमार्फत् पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई श्रद्धाञ्जली दिएका थिए ।