उपसभामुखलाई गोकुलको सुझाव- आफूलाई सही सावित गर्न पदबाट राजीनामा दिनू « Khabarhub

उपसभामुखलाई गोकुलको सुझाव- आफूलाई सही सावित गर्न पदबाट राजीनामा दिनू


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनका लागि मार्गप्रसस्त गर्न उपसभामुख इन्दिरा राना मगरलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि गम्भीर प्रश्न उठेकाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनको ढोका खोलिदिन सुझाव दिएका हुन् ।

लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो पनि रहेको पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।

आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण पनि बास्कोटाले गरेका छन् । प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने पनि उनले बताए ।

उनले सांसदहरूमाथि नै प्रश्न उठ्दा के गर्ने भन्ने अलमल हटाउन कानून बनाउनुपर्नेमा जोड दिए । उपसभामुखबारे सरकारले कुनै निर्णय गरे-गरेन भन्ने कुरा सरकारको नभई संसदको बिजनेस भएको उनले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका