झापामा लागूऔषधको कारोबार बढ्दो « Khabarhub

 झापामा लागूऔषधको कारोबार बढ्दो


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 भद्रपुर– स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागूपदार्थ कारोबारमा संलग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउपर्नेमा एक हजार नौ पुरुष र ९६ महिला रहेको उनले बताए। 

जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८-७९ मा दुई सय मुद्दा, आव २०७९-८० मा दुई सय छ मुद्दा, आव २०८०-८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागूपदार्थ दुर्व्यसनी र कारोबारीको सङ्ख्या बढ्दै गएको प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ । 

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागूऔषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले दुई किलो ब्राउन सुगर र २८ दशमलव पाँच किलो गाँजा बरामद गरेको हो ।

यसैगरी झापा प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९-८० मा तीन सय ३६ मानिस लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए । 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ३ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित