भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि « Khabarhub

भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ। 

हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ ।

आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । 

उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेड २ भ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।

एमपक्सको सङ्क्रमण पुष्टि भएपछि भारतले सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशका लागि एडभाइजरी जारी गरेको छ । कंगोमा एमपक्सको नयाँ भ्यारिएन्ट देखिएको अनि सङ्क्रमण बढेको स्थितिमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अगष्ट १४ मा एमपक्सलाई उच्च अलर्टमा राखेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ४ : १६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या