भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि | Khabarhub Khabarhub

भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ। 

हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ ।

आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । 

उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेडभ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।

एमपक्सको सङ्क्रमण पुष्टि भएपछि भारतले सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशका लागि एडभाइजरी जारी गरेको छ । कंगोमा एमपक्सको नयाँ भ्यारिएन्ट देखिएको अनि सङ्क्रमण बढेको स्थितिमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अगष्ट १४ मा एमपक्सलाई उच्च अलर्टमा राखेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : १६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि