निषेधित क्षेत्रमै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले थाले अनशन « Khabarhub

निषेधित क्षेत्रमै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले थाले अनशन


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्रमै अनशन थालेका छन् ।

विराटनगरको देवकोटा चौक लाइनस्थित प्रदेश सभा गेटअगाडि कार्यकर्तासहित कार्की अनशनमा बसेका हुन् ।

त्यस क्षेत्रमा स्थानीय प्रशासनले मंगलबार दिउँसो निषेधाज्ञा जारी गरेको थियो ।

प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका हुन् । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका छन् ।

कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका छन् ।

कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना निकालेर निषेधाज्ञा जारी गरेको हो। प्रशासनले निवर्तमान मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै विराटनगरको देवकोटाचोकस्थित प्रदेशसभा भवन अगाडिको सडकमा निषेधाज्ञा जारी गरेको थियो। 

निषेधित क्षेत्र कायम गरिएका स्थानमा प्रदेश सभाबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकक्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकक्षेत्र, मुख्यमन्त्री निवास आसपास ३०० मिटरक्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरक्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वसम्मको क्षेत्र थिए । 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ४ : ५४ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा