निषेधित क्षेत्रमै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले थाले अनशन « Khabarhub

निषेधित क्षेत्रमै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले थाले अनशन


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्रमै अनशन थालेका छन् ।

विराटनगरको देवकोटा चौक लाइनस्थित प्रदेश सभा गेटअगाडि कार्यकर्तासहित कार्की अनशनमा बसेका हुन् ।

त्यस क्षेत्रमा स्थानीय प्रशासनले मंगलबार दिउँसो निषेधाज्ञा जारी गरेको थियो ।

प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका हुन् । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका छन् ।

कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका छन् ।

कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना निकालेर निषेधाज्ञा जारी गरेको हो। प्रशासनले निवर्तमान मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै विराटनगरको देवकोटाचोकस्थित प्रदेशसभा भवन अगाडिको सडकमा निषेधाज्ञा जारी गरेको थियो। 

निषेधित क्षेत्र कायम गरिएका स्थानमा प्रदेश सभाबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकक्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकक्षेत्र, मुख्यमन्त्री निवास आसपास ३०० मिटरक्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरक्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वसम्मको क्षेत्र थिए । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ५४ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका