सोविताको प्रश्न- खोजी-खोजी विरोधी समात्दै तह लगाउने यो राणा शासन हो ? « Khabarhub

सोविताको प्रश्न- खोजी-खोजी विरोधी समात्दै तह लगाउने यो राणा शासन हो ?


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारले आलोचकहरूलाई गरेको धरपकडको विरोध गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा उनले राज्यले परिकल्पना गरेको समाज कस्तो हो ? भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा विरोध गरेकै भरमा युवाहरूलाई पक्राउ गर्न थालिएको बताउँदै सरकार स्वेच्छाचारी हुने बाटोमा अघि बढेको दाबी गरिन् ।

‘यो राज्यले परिकल्पना गरेको यो समाज कस्तो हो ? राणाशासन भन्दा चर्को स्वेच्छाचारी शासन स्थापित गर्न खोजेको हो ?’, उनले सोधिन्, ‘सार्वजनिक कार्यक्रममा जनताले सरकारका कामप्रति असन्तुष्टि जनाएको भिडिओ भाइरल भएपछि दोलखाका मानबहादुर कार्कीले यस्तो भएछ भनेर सेयर गरेकै भरमा पक्राउ गरेर मुद्दा चलाउनु कत्तिको लोकतान्त्रिक हो ?’

गौतमले राजनीतिक बिषयमा असन्तुष्टि राखेर जिन्दावाद-मुर्दावाद भनेकै भरमा मुद्दा चल्छ भने यो सरकारले जनतालाई भुसुना बराबरको पनि सम्झेको रहेनछ भन्ने कुराको प्रमाणका रुपमा दोलखा प्रकरणलाई चित्रण गरिन् ।

‘शासन ब्यवस्था लोकतान्त्रिक भएन भनेर जनताले सडक आन्दोलन गरेर सत्ता प्राप्त गरेपछि तिनै जनतालाई समात्छु, कठघरामा लान्छु भन्नु कत्तिको लोकतान्त्रिक हो ?’, उनले भनिन्, ‘आज उपसभामुखको विषय पनि आइरहेको छ । सत्तापक्षले हटाउने तयारी ररिरहेको कुरा आएको छ । संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोर्ने प्रयास सरकारले गरिरहेको छ । हामी खबरदारी गर्न चाहन्छौँ ।’

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : १९ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना