सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध, टीएमएस चलाउन निषेध « Khabarhub

सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध, टीएमएस चलाउन निषेध


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबदेखि सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत देशभरका सरकारी कार्यालयबाट शेयर कारोबार नगर्न निषेध गरिएको जानकारी दिएका छन् ।

उनले सरकारी कर्मचारी शेयर कारोबारमा लाग्दा जनताको काममा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय लिनुपरेको बताएका छन् ।
‌
ओलीले जनगुनासोअनुसार देशैभरका सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमसएस) माथि पनि प्रतिबन्ध लगाउने निर्णय भएको बताएका छन् ।

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ । सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ’, उनले भनेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको छ ।’

उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको पनि बताए । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न पनि कर्मचारीलाई ओलीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : ३५ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक