जातीय झडपपछि मणिपुरमा कर्फ्यु « Khabarhub

जातीय झडपपछि मणिपुरमा कर्फ्यु


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यु जारी गरिएको अधिकारीहरूले बताएका छन् ।  

मणिपुरमा हिन्दु मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भईरहेका छन् ।  केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सोमबार प्रहरीसँग झडप भएपछि मणिपुरको राजधानी इम्फाल र वरपरको उपत्यकामा कर्फ्यु लगाइएको हो । 

इम्फालमा राज्यका राज्यपालको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि विद्यार्थीहरूले ढुङ्गा तथा प्लास्टिकका बोतलहरू  प्रहार गरेको प्रहरीले  विज्ञप्तिमार्फत जनाएको छ ।  

 प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ । मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ ।

प्रदर्शनकारीहरूले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ ।

मेइतेई र कुकी समुदायहरू बिच लामो समयदेखि चलिरहेको द्धन्द्ध भूमि तथा सार्वजनिक रोजगारीको  प्रतिस्पर्धाको विषयमा केन्द्रित छ । 

यसै बीच अधिकारकर्मीले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ५ : ३५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४