भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री « Khabarhub

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताएकी छन्।

उनले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यवस्थापन प्रणालीका लागि तयार गर्न लागिएको भवन निर्माणकार्यलाई चाँडो सम्पन्न गर्न मन्त्रालयले ताकेता गरिरहेको बताएकी हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले निर्माण अलपत्र रहेको ३२ कोठे भवनको हालसम्म ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिइन् । उक्त विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षा सञ्चालन भइरहेको जानकारी दिए।

शिक्षामन्त्री भट्टराईले उक्त भवनको पहिलो तला निर्माण सकिएर कक्षा सञ्चालन भइरहेको बताइन् । सो विद्यालयको भवन निर्माण भारतीय राजदूतावासमार्फत हुने मन्त्रालयलाई जानकारी प्राप्त भएको बताइन्। 

विसं २०७१ मा निर्माण सुरु भएको उक्त भवन भूकम्पका कारण रोकिएको थियो । पछि ठेकेदार कम्पनीले निर्माणको म्याद थप्न आग्रह गरे पनि नथपिएको जनाइएको छ । तीन करोड ४६ लाख लागतको उक्त भवनमा दुई करोड बढी खर्च भइरहेको छ ।

शिक्षामन्त्री भट्टराईले भारतीय दूतावासमार्फत हुने विद्यालय भवन सोझै सम्झौता हुने गरेको मन्त्रालयलाई विवरण प्राप्त भएको बताइन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ६ : ५५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स