परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव « Khabarhub

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव


२५ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताएका छन् ।

सो पार्टीको आज धनगढीमा आयोजित संगठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘जनता सङ्गठित, सचेत र जागरुक भइसकेपछि मात्र विसङ्गति विकृतिविरुद्ध सङ्घर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ ।’

 पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भ्रष्टाचार, कमिशनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मि, केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारु, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँप्रसाद कुश्मीलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा बोलेका थिए ।

सो पार्टीले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ७ : ०२ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी