करदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन  | Khabarhub Khabarhub

करदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– आन्तरिक राजस्वको कार्यालय, करदाता सेवा कार्यालय चरिकोटबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड बढी राजस्व संकलन भएको छ ।

कार्यालयले विभिन्न राजस्व शीर्षक तथा उपशीर्षक मार्फत ३४ करोड ७५ लाख ५५ हजार तीन सय सात रुपैयाँ राजस्व संकलन गरेको करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले बताइन् ।

कार्यालयले आय कर- व्यक्तिगत फार्मबाट छ करोड ३६ लाख ७६ हजार चार सय, पारिश्रमिक आयकरबाट २ करोड ४५ लाख दुई हजार आठ सय, पुँजीगत लाभ कर व्यक्तिगतबाट १ करोड २५ लाख ८२ हजार नौ सय,आकस्मिक लाभकरबापत ४ लाख ५२ हजार तिन सय,आयकर सरकारी प्रतिष्ठानहरूबाट ३० हजार पाँच सय राजस्व संकलन भएको अधिकृत गौतमले बताइन् ।

त्यसैगरी पब्लिक आयकर बापत चार लाख ६७ हजार, प्रालि करबापत १ करोड ९७ लाख एघार हजार,अन्य निकायबाट ७९ लाख ५७ हजार, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत ३ करोड ८४ लाख २१ हजार तिन सय,बहाल करबापत ८० लाख ८३ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै परामर्श तथा ठेक्का करबापत ६ करोड ६ लाख ७४ हजार,पर्यटन सेवा कर बापत ६ लाख ६० हजार,वस्तु बिक्री तथा वितरण कर बापत ४ करोड १४ लाख २४ हजार राजस्व जम्मा भएको हो ।

त्यसैगरी ब्याज कर बापत  ४ करोड २२ लाख आठ हजार, अन्तःशुल्क मदिराबाट  ४४ लाख २१ हजार,सुर्तीजन्य पदार्थबाट ४ लाख ६९ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार आयकर बापत १७ करोड ३ लाख ६० हजार, बहाल कर बापत ८० लाख ८३ हजार,ब्याज कर बापत ४ करोड २२ लाख आठ हजार गरी जम्मा २२ करोड ६ लाख ५३ हजार आयकर जम्मा भएको हो ।

त्यस्तै मु.अ.कर (आन्तरिक)अन्त शुल्क आन्तरिक बापत १२ करोड ६९ लाख एक हजार  जम्मा ३४ करोड ७५ लाख ५५ हजार तिन सय रुपैयाँ राजस्व संकलन भएको छ। सो मध्ये बैंक भौचरबाट २० करोड ४९ लाख ८८ हजार चार सय, ई पेमेन्टबाट १४ करोड २५ लाख ६६ हजार आठ सय रुपैयाँ जम्मा भएको थियो ।
-सुबास बस्नेत

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ०५ बजे

आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर

hello world

hello world

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।