आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १० तारिख। असोज शुक्ल पक्षको सप्तमी तिथि। नवरात्रमा आज कालरात्रिको पूजा गरिन्छ। आज दशैंको फूलपाती हो। विश्व दृष्टि दिवस। विश्व मानसिक स्वास्थ्य दिवससमेत आजै परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनस्थानमा गुरु भएकाले सञ्चित धन संरक्षण हुनेछ। स्वास्थ्य लाभ हुनेछ। काम र क्रोध जस्ता शत्रुमाथि विजय प्राप्त गर्ने दिन छ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए उत्कृष्ट नतिजा प्राप्त हुनेछ।

वृष : आज तपाईंले बोल्दा सचेत बन्नु राम्रो हुनेछ। खर्च बढ्ने दिन छ। बौद्धिक क्षेत्रमा तपाईंको मान र सम्मान हुनेछ। साथी र संगठनले साथ दिनेछन्। परिवारसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सम्झनलायक बन्नेछ।

मिथुन : आफ्नो दैनिकी बुझ्न नसक्दा मानसिक तनाव हुनसक्छ। आफ्नो मूल्यांकन आफैं गर्नुपर्ने दिन छ। परिवारले साथ दिने दिन छ। साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ। श्रम गरेको क्षेत्रबाट प्रतिफल मिल्नेछ।

कर्कट : मनमा अशान्त बन्नेछ। शक्तिपिठको दर्शन गर्न सकेमा मन शान्त हुनेछ। रोगबाट मुक्त हुने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

सिंह : घुम्ने अवसर प्राप्त हुनेछ। घुमघामले मन खुशी हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने दिन छ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

कन्या : आफूले गर्ने कार्यमा बन्धुको सहयोग लिनु राम्रो हुनेछ। लागानीका क्षेत्रमा उत्साह मिल्नेछ। अल्छीपन बढ्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तृतीय भावमा चन्द्रमा पुगेका छन्। बन्धुसँगको भेटले मन शान्त हुनेछ। अध्ययनमा मन जानेछ। रोगमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारमा भने रमाइलो जमघट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : तृतीय भावमा चन्द्रमा भएकाले तपाईंलाई धनको दुःख हुँदैन। मनमा भएका खटपटी हटेर जानेछन्। अध्ययनमा भने समस्या हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। सबैले तपाईंको बोलीको प्रशंसा गर्नेछन्। मनका शत्रुभावमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारले नै असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। न्यायपूर्वक गरेका लगानीबाट तपाईंको नाम र दाम रहनेछ। अध्ययनको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कुम्भ : मनमा अशान्ति फैलिनसक्छ। दुर्गाको स्मरण मात्र गरेमा मनमा शान्ति र परिवारमा आनन्द मिल्नेछ। आम्दानीका स्रोत फेला पर्नेछन्। संकटको अवस्थामा रोजगारीको अवसर मिल्नेछ।

मीन : भाग्यको स्थानमा शुभ ग्रहको बहुमत छ। तपाईंले गर्नुभएको श्रमको फल सहजै प्राप्त हुनेछ। साथी र संगठनको बलमा नाम र दाम प्राप्त हुनेछ। बिहान गणेशको मन्दिरको दर्शन गर्न सकेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ५ : ०८ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ