बागलुङमा चङ्गा चेट « Khabarhub

बागलुङमा चङ्गा चेट


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो । 

रोट्र्याक्ट क्लब अफ बागलुङद्वारा आयोजित प्रतियोगितामा राकेश शर्मा विजयी भए। उनले पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरे ।  क्लबका अध्यक्ष सौरव केसीका अनुसार दोस्रो स्थान बबिन शाक्यले हासिल गरे । 

प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबैलाई क्लबले उपहार प्रदान गरेको छ । प्रतियोगीबाहेकले पनि चङ्गा उडाएर मनोरञ्जन लिएका थिए । क्लबले गत वर्षदेखि चङ्गा चेट प्रतियोगिता सुरु गरेको हो । 

‘दसैँमा चङ्गा उडाउने परम्परालाई जोगाइराख्न र प्रतियोगितामार्फत युवा तथा बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चङ्गा चेट कार्यक्रम राखिएको हो’, अध्यक्ष केसीले भने ।

 चाडबाडका अवसरमा खुसियाली साट्ने माध्यमका रुपमा पनि चङ्गा चेट गर्ने गरिएको छ । पछिल्लो समय चङ्गा उडाउने चलन कम हुँदै गएको छ । चङ्गालाई खुसी र हर्षोल्लासको प्रतीकका रुपमा लिइन्छ । दसैँ, तिहारका बेला चङ्गाको व्यापार पनि राम्रै हुने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १ : १४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले