बागलुङमा चङ्गा चेट « Khabarhub

बागलुङमा चङ्गा चेट


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो । 

रोट्र्याक्ट क्लब अफ बागलुङद्वारा आयोजित प्रतियोगितामा राकेश शर्मा विजयी भए। उनले पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरे ।  क्लबका अध्यक्ष सौरव केसीका अनुसार दोस्रो स्थान बबिन शाक्यले हासिल गरे । 

प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबैलाई क्लबले उपहार प्रदान गरेको छ । प्रतियोगीबाहेकले पनि चङ्गा उडाएर मनोरञ्जन लिएका थिए । क्लबले गत वर्षदेखि चङ्गा चेट प्रतियोगिता सुरु गरेको हो । 

‘दसैँमा चङ्गा उडाउने परम्परालाई जोगाइराख्न र प्रतियोगितामार्फत युवा तथा बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चङ्गा चेट कार्यक्रम राखिएको हो’, अध्यक्ष केसीले भने ।

 चाडबाडका अवसरमा खुसियाली साट्ने माध्यमका रुपमा पनि चङ्गा चेट गर्ने गरिएको छ । पछिल्लो समय चङ्गा उडाउने चलन कम हुँदै गएको छ । चङ्गालाई खुसी र हर्षोल्लासको प्रतीकका रुपमा लिइन्छ । दसैँ, तिहारका बेला चङ्गाको व्यापार पनि राम्रै हुने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १ : १४ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले