बागलुङमा चङ्गा चेट | Khabarhub Khabarhub

बागलुङमा चङ्गा चेट


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो । 

रोट्र्याक्ट क्लब अफ बागलुङद्वारा आयोजित प्रतियोगितामा राकेश शर्मा विजयी भए। उनले पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरे ।  क्लबका अध्यक्ष सौरव केसीका अनुसार दोस्रो स्थान बबिन शाक्यले हासिल गरे । 

प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबैलाई क्लबले उपहार प्रदान गरेको छ । प्रतियोगीबाहेकले पनि चङ्गा उडाएर मनोरञ्जन लिएका थिए । क्लबले गत वर्षदेखि चङ्गा चेट प्रतियोगिता सुरु गरेको हो । 

‘दसैँमा चङ्गा उडाउने परम्परालाई जोगाइराख्न र प्रतियोगितामार्फत युवा तथा बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चङ्गा चेट कार्यक्रम राखिएको हो’, अध्यक्ष केसीले भने ।

 चाडबाडका अवसरमा खुसियाली साट्ने माध्यमका रुपमा पनि चङ्गा चेट गर्ने गरिएको छ । पछिल्लो समय चङ्गा उडाउने चलन कम हुँदै गएको छ । चङ्गालाई खुसी र हर्षोल्लासको प्रतीकका रुपमा लिइन्छ । दसैँ, तिहारका बेला चङ्गाको व्यापार पनि राम्रै हुने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १ : १४ बजे

सर्वत्र जनता पिरोल्ने नेताको बिगबिगी

अमेरिकी राष्ट्रपति आइजनहावरले पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र

स्पेनिस ला लिगा : सोसिडाडसँग बार्सिलोना पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पराजित भएको

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका

इलामको माईपोखरीमा बहुधार्मिक महोत्सव 

इलाम– इलामको सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको

दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २०