बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज « Khabarhub

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले संकलन केन्द्र स्थापना गरेको हो । 

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी संकलन केन्द्र सञ्चालन गरेको जानकारी दिए।

‘हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,’ उनले भने ‘गाउँका किसानबाट दूध संकलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।’

पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले संकलन केन्द्रमा दूध ल्याउने गरेका छन् । व्यावसायिकरुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष विमल बरुवालले बताए। 

‘बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध संकलन र बिक्री वितरण गर्न थालेका छौँ,’ उनले भने। विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरूपमा सञ्चालनमा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफूल, आलु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १ : ४४ बजे

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र