बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज | Khabarhub Khabarhub

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले संकलन केन्द्र स्थापना गरेको हो । 

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी संकलन केन्द्र सञ्चालन गरेको जानकारी दिए।

‘हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,’ उनले भने ‘गाउँका किसानबाट दूध संकलन गरेर पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ ।’

पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले संकलन केन्द्रमा दूध ल्याउने गरेका छन् । व्यावसायिकरुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ । बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष विमल बरुवालले बताए। 

‘बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध संकलन र बिक्री वितरण गर्न थालेका छौँ,’ उनले भने। विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरूपमा सञ्चालनमा छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफूल, आलु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १ : ४४ बजे

रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान

काठमाडौं – इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक

दुई ठूला युद्धसहितका यी चुनौती कसरी पार लगाउलान् ट्रम्पले ?

वासिङ्टन- डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्

स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी

अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से

काठमाडौं– कोशी र गण्डकीका दर्जनौं सहकारीले बचतकर्ताको अरबौं बचत अपचलन

विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित