चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने « Khabarhub

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन् ।

लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भने, ‘यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।’

सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ ।

वार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो। सम्बन्ध सुधारका लागि वर्षौंको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो । 

चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ । तर हुवावेलाई अष्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो।

बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ।

सन् २०२५ को सुरुमा पुनः निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो । मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : ०३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको