श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा  « Khabarhub

श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा 


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

सुनसरी– आफ्नै पेटमा खुकुरी प्रहार गरेर आन्द्रा भुँडी निस्केको अवस्थामा फेला परेका एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले सफलतापूर्वक शल्यक्रिया गरेका छन् । 

बीस वर्षदेखि नियमित रुपमा रक्सी सेवन गर्दै आएका धनकुटाको महालक्ष्मी नगरपालिका– १ बस्ने ३० वर्षीय विजय पोखरेल दर्जीले भदौ २९ गते राती करिब १० बजेतिर आत्महत्या गर्ने उद्देश्यले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । आत्महत्या गर्ने प्रयास अघि उनले आफ्नै श्रीमती सरिता दर्जीलाई पनि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट २५ वर्षीया श्रीमतीको भने तत्काल मृत्यु भएको थियो । 

श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गर्ने उद्देश्यले आफ्नै पेटमा खुकुरी प्रहार गर्दा आन्द्रा भुँडी बाहिर निस्केको अवस्थामा छिमेकीहरूले सुरक्षाकर्मीको रोहबरमा उपचारका लागि बीपी प्रतिष्ठानमा पठाएका थिए । 

बीपी प्रतिष्ठान ल्याउनु भन्दा अगाडि उनलाई धनकुटा जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । गम्भीर चोट देखिएपछि बीपी प्रतिष्ठामा भदौ ३० गते रेफर गरिएको थियो । घट्ना विवरणअनुसार उनी दुई दशक देखि नियमित रक्सी सेवन गरेर परिवारमा झगडा गर्दै आएका थिए । 

धनकुटामा श्रीमतीको हत्या पछि शल्यक्रियामा संलग्न इमर्जेन्सी विभागका विशेषज्ञ चिकित्सक प्रा.डा ज्ञानेन्द्र मल्ल र सर्जरी विभागका प्रमुख प्रा.डा सुरेश प्रसाद शाहको नेतृत्वमा चार घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । चिकित्सकहरूले पेटमा जमेको रगत निकालेर कुहिएको आन्द्राको भाग काटेर बाँकी आन्द्रा जोडिदिएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित साहले बताए । 

सहप्रवक्ता साहका अनुसार दर्जीले घरझगडाको कारण श्रीमतीका हत्या गरेपनि उनलाई गम्भीर घाइते अवस्थामा प्रहरीले बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइपुर्‍याएकाले हत्यारा नै भएपनि बचाउने कर्तव्य चिकित्सकको भएकाले जटिल शल्यक्रिया गरेर बचाइएको हो ।

उनले भने, ‘शल्यक्रिया पछि दर्जीलाई डा सविन भण्डारीको निगरानीमा सघन उपचार कक्ष (आईसियु–भेण्टिेलेटर) मा १० दिनसम्म भर्ना गरिएको थियो ।’ 

उनको आर्थिक अवस्था कमजोर भएकाले प्रतिष्ठानका अस्पताल निर्देशक डा जगत नारायण प्रसादले सिफारिस गरेअनुसार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विभिन्न जाँच, शल्यक्रिया शुल्क, आइसीयु शुल्क एवम् वार्ड शुल्क वापत १ लाख ४८ हजार ७० रुपैयाँ र औषधीजन्य सामग्री बापत् २ लाख २७ ८ सय ८८ रुपैयाँ गरी जम्मा ३ लाख ७५ हजार ९ सय ५७ रुपैयाँ बराबरको छुट सुविधा प्रतिष्ठानले मिलाइ दिएको सहप्रवक्ता डा. साहले बताए । 

नले भने, ‘प्रहरीकेस भएकाले पनि हामीले शल्यक्रिया गरेर बचाएको बारे जानकारी सार्जननिक नगरी डिस्चार्ज भएपछि मात्र गरेका हौं । प्रहरीले नै ल्याएर हामीले त बचार्यौ, तर उनी श्रीमती हत्यामा दोषी देखिएकाले दुइदिन अघि डिस्चार्ज हुनासाथ प्रहरीले नै निन्त्रणमा लिएर अनुसन्धानकालागि लगेको छ ।’

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : ३६ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६