उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए « Khabarhub

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । 

महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए। 

‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,’ उनले भने, ‘उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौंमै दसैँ मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।’

उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ । ‘आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,’ स्वारले भने। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : ४४ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी