इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते « Khabarhub

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास)ले जनाएको छ । 

कतारी प्रसारक अल जजिराले पनि इजरायली सेनाले आफ्नो एक पत्रकारलाई घाइते बनाएको आरोप लगाएको छ ।

अल–अक्सा टिभीका ‘क्यामेराम्यान’ मोहम्मद अल–तानानीलाई बुधबार दिउँसो उत्तरी गाजा शहरस्थित अल–अहली अरब अस्पतालमा सहकर्मीले अन्त्येष्टि गरेको एएफपीका पत्रकारले जनाएका छन् ।

हमासको प्रेस कार्यालयले एक विज्ञप्ति जारी गर्दै एक सञ्चारकर्मीको हत्यालाई ‘घृणित अपराध’ भनेको छ र इजरायली सेना ‘पूर्ण रूपमा जिम्मेवार’ रहेको बताएको छ।

यसैबीच अल जजिराले बुधबार आफ्ना एक क्यामेराम्यान फादी अल–वाहिदी उत्तरी गाजामा इजरायली गोली लागेर घाइते भएको र यसै साता इजरायली आक्रमणमा घाइते हुने अलजजिराका दोस्रो क्यामेराम्यान बनेको जनाएको छ ।

त्यहाँ उपस्थित एएफपीका एक पत्रकारका अनुसार गाजा शहरको उत्तरमा रहेको जबालियामा इजरायली सेनाले यसअघि सर्वसाधारणलाई खाली गर्न भनेको क्षेत्रमा इजरायली कारबाहीको रिपोर्टिङ गर्ने क्रममा वाहिदीको घाँटीमा चोट लागेको थियो ।

अल जजिराले एक्समा उनको अवस्था गम्भीर रहेको बताएको छ । इजरायली सेनाले एएफपीले यी दुई घटनाबारे टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायली सेनाले अलजजिराका पत्रकारलाई हमास वा उसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : ५५ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी