इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते | Khabarhub Khabarhub

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास)ले जनाएको छ । 

कतारी प्रसारक अल जजिराले पनि इजरायली सेनाले आफ्नो एक पत्रकारलाई घाइते बनाएको आरोप लगाएको छ ।

अल–अक्सा टिभीका ‘क्यामेराम्यान’ मोहम्मद अल–तानानीलाई बुधबार दिउँसो उत्तरी गाजा शहरस्थित अल–अहली अरब अस्पतालमा सहकर्मीले अन्त्येष्टि गरेको एएफपीका पत्रकारले जनाएका छन् ।

हमासको प्रेस कार्यालयले एक विज्ञप्ति जारी गर्दै एक सञ्चारकर्मीको हत्यालाई ‘घृणित अपराध’ भनेको छ र इजरायली सेना ‘पूर्ण रूपमा जिम्मेवार’ रहेको बताएको छ।

यसैबीच अल जजिराले बुधबार आफ्ना एक क्यामेराम्यान फादी अल–वाहिदी उत्तरी गाजामा इजरायली गोली लागेर घाइते भएको र यसै साता इजरायली आक्रमणमा घाइते हुने अलजजिराका दोस्रो क्यामेराम्यान बनेको जनाएको छ ।

त्यहाँ उपस्थित एएफपीका एक पत्रकारका अनुसार गाजा शहरको उत्तरमा रहेको जबालियामा इजरायली सेनाले यसअघि सर्वसाधारणलाई खाली गर्न भनेको क्षेत्रमा इजरायली कारबाहीको रिपोर्टिङ गर्ने क्रममा वाहिदीको घाँटीमा चोट लागेको थियो ।

अल जजिराले एक्समा उनको अवस्था गम्भीर रहेको बताएको छ । इजरायली सेनाले एएफपीले यी दुई घटनाबारे टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायली सेनाले अलजजिराका पत्रकारलाई हमास वा उसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : ५५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले