पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा « Khabarhub

पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राजविराज – यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ ।

उक्त सडकखण्डको अर्जीदेखि गंगापुर हुँदै ढोरबाबाचोक सम्म करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै छाडिएकाले पैदल यात्रु र सवारी चालकहरुलाई यात्रा गर्न कठिन भएको हो ।

हुनुमाननगर कंकालनी नगरपालिका–४स्थित अर्जीदेखि गंगापुर सम्मको सडक गत वर्षको बाढीले कटान गरेपछि भासिएको थियो । भासिएको सडक मर्मत नहुँदा आवतजावत गर्न कठिनाइ भएको स्थानीयबासीले बताए ।

अटो चालक महेन्द्र मण्डलले यो सडकखण्ड जोखिमपूर्ण भएको बताए। उनले भने, ‘यस बाटोमा ठूला साना खाल्डो रहेकोले कुनै पनि बेला अटो पल्टिन सक्छ ।’बाटो मर्मत नहुँदा दैनिक भारदह बजार जाने पैदल यात्री र सवारी साधन खाल्डाखुल्डी छिचोल्दै हिँड्नुपर्ने बाध्यता रहेको हनुमानगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले गुनासो गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ३ : १५ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं