सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति « Khabarhub

सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ ।

धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैँचा उद्योगमा  बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो ।

उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। 

उनले भने, ‘उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हो, आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएको छ ।’

आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैँचा, सिरक, डस्ना, चकटी, म्याट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको रु ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझ क्षतिको विवरण आइसकेको छैन ।

आगलागी सुरु भएसँगै विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी स्थानीयलगायतले आगो नियन्त्रण प्रयास गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता तिमल्सिनाले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ३ : २५ बजे

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो