जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो « Khabarhub

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ।

प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइएको राम युवा कमिटीका अध्यक्ष सरोज साहले बताए । फूलपाती भित्र्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका ब्यान्ड सहभागी भएका थिए ।

सुरक्षा निकायका तर्फबाट राजदेवी मातालाई सलामी अर्पण गरिएको थियो । आज भित्र्याइएको फूलपाती दसैँ घर वा पूजा घरमा राख्ने चलन छ ।जनकपुरधामका अन्य शक्तिपीठहरु पल्टीमाई, पियरीयामाई, गहवामाई, अमरखाना, बौधीसहितका शक्तिपीठका साथै विद्यापति तथा रामानन्द चोकमा रहेको दुर्गा मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

वैदिक विधिअनुसार घटस्थापना देखि शुरु दशैँको आठौँ दिन भएपनि सातौँ दिनको कालरात्रीको पूजा आज गरिने कार्यक्रम छ । आज मध्यरातमा विधिपूर्वक कुभिन्डोको बली दिने र त्यसपछि कालरात्रीको पूजा विधिअनुसार मन्दिरको तर्फबाट एक जोडी बोका बली दिने छ ।

 शुक्रबार महाअष्टमीका दिन अन्य भक्तजनहरूको तर्फबाट भाकलअनुसारका बोला बली दिइने गरिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ५ : ०१ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र