रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते « Khabarhub

रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

पनामाका गभर्नर ओलेग किपरका अनुसार बुधबार पनामाको झण्डा फहराइरहेको एउटा कन्टेनर जहाजमा आक्रमण भएको थियो ।

किपरले बिहीबार सामाजिक सञ्जालमा लेखेकाछन्, ‘दुर्भाग्यवश, हिजो रूसबाट भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।’

‘आज बिहान बन्दरगाहमा काम गर्ने ४६ वर्षीय एक कामदारको अस्पतालमा मृत्यु भएको छ। चिकित्सकहरूले सक्दो प्रयास गरे पनि उनको चोट निकै गम्भीर भएकाले घाइते श्रमिकलाई बचाउन सकिएन,’ उनले भने। 

किपरले यसअघि ब्ल्याक सी बन्दरगाह शहरमा विगत चार दिनमा नागरिक जहाजमा भएको यो तेस्रो आक्रमण भएको बताएका थिए। 

युद्ध अवधिभर रुसले युक्रेनको तटीय ओडेसा क्षेत्रलाई निशाना बनाएको छ र डुङ्गा र अन्न बोक्ने जहाजमा प्रहार गरेको छ जसलाई किएभले निर्यात क्षमता नष्ट गर्ने अवैध प्रयास भएको बताएको छ।

सन् २०२२ को फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातक मुलुकमध्ये एक थियो, तर यसको बन्दरगाह र भण्डारण सुविधाहरूमा पटक–पटकको आक्रमणले यसको उत्पादनमा गम्भीर कटौती गरेको छ।

ओडेसा बन्दरगाहमा रूसी क्षेप्यास्त्रले पलाउ ध्वजाबाहक जहाजलाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु भएको दुई दिनपछि उक्त आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ५ : ०६ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल