गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो « Khabarhub

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ । पर्साको मालपोत कार्यालय नजिकै रहेको निशान भगवतीको मन्दिरबाट डोला, बाजागाजासहित गहवामाई मन्दिरमा ल्याएर फूलपाती भित्र्याइयो हो ।

नेपाली सेनाको श्रीजङ्ग गण, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रहरी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा फूलपाती भिञ््याइएको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिनुभयो ।

‘‘सरकारी निकायका साथै श्रद्धालु भक्तजनको उपस्थितिमा गहवामाई मन्दिर परिसरमा भव्य कार्यक्रमसहित फूलपाती भित्र््याइएको छ’’, उहाँले भन्नुभयो, ‘‘फूलपाती निकाल्ने साइत आज बिहान सात बजेर ११ मिनेटको रहेको थियो । केही समय ढिलो गरी फूलपाती भित्र्याइएको छ ।’’

मन्दिरमा आज विहानदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यहाँ भाकल गर्नाले आफू र आफ्नो परिवारको मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । त्यसैले पनि नवरात्रको अवसरमा मन्दिरमा मधेश प्रदेशका आठ जिल्ला र छिमेकीमुलुक भारतको बिहार राज्यका दर्शनार्थीहरूको पनि भीडभाड लाग्ने गर्छ ।

अध्यक्ष साहले दुर्गामाताको शक्तिपीठ र दसैँघरमा फूलपाती भित्र््याएसँगै तराई मधेसमा दुर्गा भवानीलाई खोइच भर्ने चलन रहेको बताउनुभयो । ‘‘महिलाले व्रत बसेर दुर्गा भवानीको पूजाआराधना गर्ने चलन रहेको छ । दुर्गा भवानीलाई फलफूल तथा रोटी चढाएर पूजाआराधाना गर्ने गरिन्छ”, ’’, उहाँले भन्नुभयो । समितिले फूलपातीको अवसरमा पूजाआराधानाका लागि ५० हजारभन्दा धेरै दर्शनार्थीहरूको सहभागिता रहने जनाएको छ ।

दर्शनार्थीको उपस्थितिलाई मध्यनजर गर्दै मन्दिर आज रातभर खुल्ला गरिने, भोली अष्टमीका दिन बिहान ७ः३० बजे मन्दिरका चारवटा कुण्डमध्ये एउटा कुण्डमा बली दिइनेछ । अष्टमीमा सबैभन्दा पहिला पूजाआराधना सम्पन्न भएसँगै करिब सात हजारभन्दा धेरै बली चढाइने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ८ : १८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका