बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो « Khabarhub

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ । फाउण्डेशनको आयोजनामा बाजागाजासहित आज फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट हनुमान ढोकामा फूलपाती भित्र्याउने परम्परा रही आएको छ । सोही परम्परा अनुसार भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको समयदेखिनै फुलपाती भित्र्याउने परम्परा रहिआएको छ । डोली पञ्चेबाजा र हातहतियारसहित भालेश्वर मन्दिर परिक्रमा गराई फूलपाती भित्र्याइएको हो ।

उक्त कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अरुण प्रधान, कम्पनीका मानव संशाधन तथा कम्पनी सचिव झलकराज शर्मा, भालेश्वर मन्दिरका मूल पुजारी बिदुर न्यौपाने, पुजारी विशाल आचार्यद्वारा विधिपूर्वक फूलपाती भित्र्याइएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ९ : २७ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा