आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

यु-१९ महिला विश्वकप छनोट

आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। शनिबार भएको तेस्रो खेलमा आयोजक युएईसँग नेपाल १३ रनले पराजित भएको छ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ४२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच