ठगीको अभियोगमा दुईजना पक्राउ « Khabarhub

ठगीको अभियोगमा दुईजना पक्राउ


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा लगाइदिने बहानामा ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–४ का सञ्जीव् गुरुङ र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली रहेका छन् ।

अभियुक्त गुरुङले दुबई पठाइदिन्छ भन्दै तीनजनाबाट १९ लाख ७० हजार र पराजुलीले क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भन्दै ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रकरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ५४ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका