धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति « Khabarhub

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो ।

धवलागिरि आयुर्वेद औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ ।

पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्नेगरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो ।

अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत बजेट थप हुने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।

मन्त्री पाठकले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्नेगरी धवलागिरि आयुर्वेद औषधालयको काम थालिएको बताउँदै २५ शय्यमा स्तरवृद्धि गरिएको अस्पतालले नागरिकको आयुर्वेदसम्बन्धी भरोसालाई थप वृद्धि गर्ने जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षमा औषधालयमा दरबन्दी थप्ने र पूर्वाधार निर्माणका लागि थप बजेट व्यवस्थापन हुने बताए ।

यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आवमा धवलागिरि आयुर्वेद औषधालय र कास्कीको गण्डकी आयुर्वेद औषधालय २५ शय्यामा स्तरवृद्धि गर्ने निर्णण भएको स्वास्थ्यमन्त्री पाठकले जानककारी दिए । उक्त निर्णयपछि जनशक्ति व्यवस्थापन र पूर्वाधारसहित सामग्री व्यवस्थापनको काम मन्त्रालयले थालिसकेको छ ।

होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारीमा धवलागिरि आयुर्वेद औषधालय रहेको छ । अहिले भइरहेको अस्पताल भवनलाई नयाँ व्यवस्थापन गरी सेवा सञ्चालनको तयारी थालिएको औषधालयका प्रमुख डा. शरद पन्थीले जानकारी दिए । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेको भन्दै केही जनशक्ति थप हुनासाथ सेवा सुरु गर्ने तयारी रहेको पन्थीले बताए ।

अहिले भवनको तल्लो तलालाई अन्तरङ्ग सेवाका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना औषधालयको छ ।

आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढिरेहको बताउँदै पन्थीले गण्डकी प्रदशेको निर्णयानुसार अस्पतालको स्तरवृद्धिका लागि तयारी थालिएको छ । अस्पताल स्तरवृद्धिपछि भौतिक संरचना भने विस्तारै वृद्धि गर्नुपर्ने पन्थीको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ०६ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।