अस्टनभिल्लामाथि लिभरपुलको शानदार जित « Khabarhub

अस्टनभिल्लामाथि लिभरपुलको शानदार जित


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले अस्टन भिल्लालाई २-० ले हराउँदै इङ्लिस प्रिमियर सिपको अङ्क तालिकामा ५ अङ्कको अग्रताका कायम गरेको छ। गएराति भएको खेलको २० औं मिनेटमा डार्विन नुनेजले पाएको अवसरलाई सहजै गोलमा परिणत गरेपछि लिभरपुलले पहिलो अग्रता लिएको थियो। मोर्गान रोजर्सले मध्यान्तरपछि एक अवसर नगुमाएको भिल्ला खेलमा फर्कने सम्भावना पनि थियो।

मोहम्मद सलाहले खेल सकिन ६ मिनेट बाँकी रहँदा लिभरपुलका लागि अर्को गोल गरेका हुन्। यस सिजनको लिगमा उनको यो लगातार चार खेलमा गोल गरेका हुन्। लिगका ११ खेलमा लिभरपुलको यो नवौँ जित हो।

शनिबार भएका प्रिमियरसिपका अन्य खेलमा ब्रिङटनले म्यानचेस्टर सिटीलाई २-१ ले, उल्भ्सले साउथहाम्टनलाई २-० ले, ब्रेन्टफोर्डले बोर्नमाउथलाई ३-२ ले र फुलहामले त्रिस्टल प्यालेसलाई २-० ले हराए। वेस्टहाम र एभरटनको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ भने सिटी २३ अङ्कसहित दोस्रो स्थानमा छ। १० खेल खेलेको नटिङघम फरेस्ट १९ अङ्कसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको ब्रिङटनले ११ खेलबाट १९ अङ्क जोडेको छ। अस्टन भिल्ला ११ खेलमा १८ अङ्कसहित आठौँ स्थानमा झरेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ८ : ०५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– आजदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ