अस्टनभिल्लामाथि लिभरपुलको शानदार जित « Khabarhub

अस्टनभिल्लामाथि लिभरपुलको शानदार जित


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले अस्टन भिल्लालाई २-० ले हराउँदै इङ्लिस प्रिमियर सिपको अङ्क तालिकामा ५ अङ्कको अग्रताका कायम गरेको छ। गएराति भएको खेलको २० औं मिनेटमा डार्विन नुनेजले पाएको अवसरलाई सहजै गोलमा परिणत गरेपछि लिभरपुलले पहिलो अग्रता लिएको थियो। मोर्गान रोजर्सले मध्यान्तरपछि एक अवसर नगुमाएको भिल्ला खेलमा फर्कने सम्भावना पनि थियो।

मोहम्मद सलाहले खेल सकिन ६ मिनेट बाँकी रहँदा लिभरपुलका लागि अर्को गोल गरेका हुन्। यस सिजनको लिगमा उनको यो लगातार चार खेलमा गोल गरेका हुन्। लिगका ११ खेलमा लिभरपुलको यो नवौँ जित हो।

शनिबार भएका प्रिमियरसिपका अन्य खेलमा ब्रिङटनले म्यानचेस्टर सिटीलाई २-१ ले, उल्भ्सले साउथहाम्टनलाई २-० ले, ब्रेन्टफोर्डले बोर्नमाउथलाई ३-२ ले र फुलहामले त्रिस्टल प्यालेसलाई २-० ले हराए। वेस्टहाम र एभरटनको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकामा लिभरपुल ११ खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ भने सिटी २३ अङ्कसहित दोस्रो स्थानमा छ। १० खेल खेलेको नटिङघम फरेस्ट १९ अङ्कसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको ब्रिङटनले ११ खेलबाट १९ अङ्क जोडेको छ। अस्टन भिल्ला ११ खेलमा १८ अङ्कसहित आठौँ स्थानमा झरेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ८ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल