साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित « Khabarhub

साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल साल्टको शानदार शतकमा इंग्ल्याण्डले वेस्ट इन्डिजसँगको पहिलो टी-२० सिरिजमा ८ विकेटको जित हात पारेको छ।

वेस्ट इन्डिजले दिएको १८३ रनको लक्ष्य इंग्ल्याण्डले १९ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा पुरा गरेको हो। अविजित रहेका साल्टले ५४ बलमा १०३ रन जोडे। उनको पारीमा ९ चौका र ६ छक्का समावेश थियो।

यसैगरी ज्याकोब बेथेलले ३६ बलमा ५८ रन जोडे। वेस्ट इन्डिजका अकेल हुसेनले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा २० रन मात्र खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १८२ रनको योगफल खडा गरेको थियो। सो टोलीका लागि निकोलास पूरणले सर्वाधिक २९ बलमा ३८ रन जोडे। आन्द्रे रसेलले १७ बलमा ३० तथा गुडाकेस मोटेले १४ बलमा ३३ रन जोडे। उनको पारीमा चार चौका र दुई छक्का समावेश थियो। रोमारियो सेफर्ड २२ बलमा ३५ रन बनाउँदै अविजित रहे।

वेस्ट इन्डिजले सय रनको आँकडा पार गर्ने सम्भावना देखिए पनि साकिब मोहम्मदले चार ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। यसैगरी अदिल रसिदले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार