मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै « Khabarhub

मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो ।

अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर  प्रहरीमा उपस्थित गराइँदैछ ।

जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन गरिएको शनिबार बताएका छन् ।

अधिकारीलाई लागेको आरोपको निरूपण नभएसम्मलाई पार्टीको संगठित सदस्यबाट पनि निलम्बन गरिएको खतिवडाले बताएका छन् ।

अधिकारी एमालेमा महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा संगठित सदस्य थिए । एमाले प्रदेश कमिटीले मन्त्री अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपबारे शीघ्र छानबिन र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको थियो ।

अधिकारीलाई निलम्बन गर्ने एमाले प्रदेश कमिटीको निर्णयलाई एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबारै अनुमोदन गरिसकेको छ ।

अधिकारीलाई लागेका आरोपबारे वस्तुनिष्ठ, तथ्यपरक र गम्भीर छानबिन सरकारले गर्ने बताउँदै ज्ञवालीले त्यसमा पार्टीको तर्फबाट पूरा सहयोग हुने प्रतिबद्धता बैठकले गरेको बताएका थिए ।

अधिकारीलाई सार्वजनिक पदको दुरूपयोग गर्दै गैरकानुनी रुपमा युवाहरूलाई जापान लानन खोजेको आरोप लागेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको अनुमतिबिनै अधिकारी जापान उडेका थिए । उनले आफ्नो भ्रमण टोलीको सदस्य बनाउन युवाहरूलाई मन्त्रालयको नक्कली परिचयत्र दिएका थिए । उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए ।

मानव तस्करीमा जोडिए पनि अनुसन्धानको दायरामा नल्याएको आरोप लागिरहँदा अधिकारी आफैं प्रहरीमा उपस्थित हुन लागेका हुन् ।

उक्त प्रकरणमा नक्कली कागजात बनाएर जापान जान खोज्ने तीनजना र उनीहरूलाई जापान जाने व्यवस्था मिलाएका तीनजना अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उनीहरूलाई जापान जाने बन्दोबस्तीमा संलग्न जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तीन जना युवालेआ फूहरू जापान जान लागेको पूर्वसूचना पूर्वमन्त्री अधिकारीलाई रहेको बयान दिएका छन् । उनीहरूले जनही १० देखि १३ लाख रुपैयाँ बुझाएर जापान जान खोजेको बताएका छन् । जापान जानुअघि मुख्य योजनाकार धादिङका महेश पाण्डेसँग पुर्वमन्त्री अधिकारीले विमानस्थलमै भेटेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : २६ बजे

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन