फिल्म ‘हरिबहादुरको जुत्ता’ मा प्रियंकाको प्रवेश « Khabarhub

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा प्रियंकाको प्रवेश


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो ।

यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ ।

अहिले आफूहरु कलाकार चयनकै क्रममा रहेको उनले बताए । खबरहबसँग उनले भने, ‘छायाङ्कनमा निस्कन अझै समय बाँकी छ । बिस्तारै अनुबन्ध भएका कलाकारहरुको नाम खुलाउँदै जानेछौं ।’

खनालका अनुसार हरिवंश यस फिल्ममा आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गर्नेछन् । फिल्मको प्रमुख पात्र पनि उनी नै हुन् ।

फिल्मको कथा हरिवंश आफैँले लेखेका हुन् । निर्देशक खनाल माघ २१ बाट छायाङ्नमा निस्कने योजनामा छन् । फिल्मका निर्माता सरोज ओली हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : २३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको