माओवादीले छान्यो धनुषाधाम नगरपालिका-१ को उम्मेदवार « Khabarhub

माओवादीले छान्यो धनुषाधाम नगरपालिका-१ को उम्मेदवार


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चाडपर्व सकिएलगत्तै राजनीतिक दलहरू उपनिर्वाचनको तयारी जुटेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा रिक्त रहेको धनुषाधाम वडा नम्बर १ को वडाअध्यक्ष पदका लागि सबै राजनीतिक दल तैयारीमा जुटेको हो ।

सो पदमा  उम्मेदवार छनोटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायत आन्तरिक तयारी जुटिरहेको बेला नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवार छनोट गरेको छ ।

धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाअध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारको रूपमा सुनिल कापरको नाम माओवादी केन्द्र धनुषाधाम नगरपालिका कमिटीले सर्वसम्मतरुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

धनुषाधाम नगरपालिका– १ को वडाअध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटी अनुमोदन गरेको भन्दै नेकपा माओवादी केन्द्र धनुषाका नेता दीपक यादवले उम्मेदवार छनोट गरिएको नाम पार्टीको मधेश प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गरेको जनाएका छन् ।

वडाअध्यक्ष उम्मेदवारीका लागि कापरको नाम वडास्तरीय कमिटीले निर्णय गरेपछि पार्टीको धनुषाधाम नगर कमिटी र जिल्ला कमिटीमा सिफारिस गरी पार्टी मधेश प्रदेश समिति र केन्द्रीय समितिमा समेत नाम सिफारिस गरिएको संयोजक यादवले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : ४० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर