कोशीका पूर्वमन्त्री अधिकारीलाई घरमै पुगेर पक्राउ गर्‍यो प्रहरीले « Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारीलाई घरमै पुगेर पक्राउ गर्‍यो प्रहरीले


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीको टोलीले उनको घरबाटै पक्राउ गरेको छ ।

मन्त्रालयकै नक्कली कागजात र परिचयपत्र बनाइदिएर खोटाङका दुई रसुवाका एकजना युवकलाई जापान लगेको खुलासा भएपछि अधिकारी विवादमा तानिएका थिए ।

अधिकारीलाई पक्राउ गर्न प्रहरीको एउटा टोली विराटनगरस्थित उनको निवासमै पुगेको हो । अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौं पठाइएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताएका छन् ।

अधिकारीलाई विराटनगरबाट हवाईजहाजमार्फत पठाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइँदैछ । उनलाई प्रहरीले जरुरी पक्राउ जारी गरेर समात्न निवासमा पुगेको थियो ।

अधिकारीको निवासमा मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया नेतृत्वको टोली पुगेको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालय काठमाडौंका प्रहरी पनि थिए ।

अधिकारीले मानव तस्कर गिरोहसँग मिलेर १० देखि १५ लाख रुपैयाँमा तीन युवालाई जापान लिएर गएका थिए । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीमाथि अनुसन्धान नथालिएको भन्दै आलोचना भइरहेका बेला प्रहरीले उनलाई घरमै पसेर पक्राउ गरेको हो ।

अधिकारीलाई विराटनगरबाट जहाजमार्फत काठमाडौँ लगिँदैछ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।

अधिकारीलाई सार्वजनिक पदको दुरूपयोग गर्दै गैरकानुनी रुपमा युवाहरूलाई जापान लानन खोजेको आरोप लागेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको अनुमतिबिनै अधिकारी जापान उडेका थिए ।

उनले आफ्नो भ्रमण टोलीको सदस्य बनाउन युवाहरूलाई मन्त्रालयको नक्कली परिचयत्र दिएका थिए । उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए ।

मानव तस्करीमा जोडिए पनि अनुसन्धानको दायरामा नल्याएको आरोप लागिरहँदा अधिकारी समातिएका हुन् ।

उक्त प्रकरणमा नक्कली कागजात बनाएर जापान जान खोज्ने तीनजना र जापान जाने व्यवस्था मिलाएका अन्य तीनजना अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उनीहरूलाई जापान जाने बन्दोबस्तीमा संलग्न जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ११ बजे

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।