कोशीका पूर्वमन्त्री अधिकारीलाई घरमै पुगेर पक्राउ गर्‍यो प्रहरीले « Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारीलाई घरमै पुगेर पक्राउ गर्‍यो प्रहरीले


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीको टोलीले उनको घरबाटै पक्राउ गरेको छ ।

मन्त्रालयकै नक्कली कागजात र परिचयपत्र बनाइदिएर खोटाङका दुई रसुवाका एकजना युवकलाई जापान लगेको खुलासा भएपछि अधिकारी विवादमा तानिएका थिए ।

अधिकारीलाई पक्राउ गर्न प्रहरीको एउटा टोली विराटनगरस्थित उनको निवासमै पुगेको हो । अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौं पठाइएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताएका छन् ।

अधिकारीलाई विराटनगरबाट हवाईजहाजमार्फत पठाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइँदैछ । उनलाई प्रहरीले जरुरी पक्राउ जारी गरेर समात्न निवासमा पुगेको थियो ।

अधिकारीको निवासमा मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया नेतृत्वको टोली पुगेको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालय काठमाडौंका प्रहरी पनि थिए ।

अधिकारीले मानव तस्कर गिरोहसँग मिलेर १० देखि १५ लाख रुपैयाँमा तीन युवालाई जापान लिएर गएका थिए । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीमाथि अनुसन्धान नथालिएको भन्दै आलोचना भइरहेका बेला प्रहरीले उनलाई घरमै पसेर पक्राउ गरेको हो ।

अधिकारीलाई विराटनगरबाट जहाजमार्फत काठमाडौँ लगिँदैछ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।

अधिकारीलाई सार्वजनिक पदको दुरूपयोग गर्दै गैरकानुनी रुपमा युवाहरूलाई जापान लानन खोजेको आरोप लागेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारको अनुमतिबिनै अधिकारी जापान उडेका थिए ।

उनले आफ्नो भ्रमण टोलीको सदस्य बनाउन युवाहरूलाई मन्त्रालयको नक्कली परिचयत्र दिएका थिए । उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए ।

मानव तस्करीमा जोडिए पनि अनुसन्धानको दायरामा नल्याएको आरोप लागिरहँदा अधिकारी समातिएका हुन् ।

उक्त प्रकरणमा नक्कली कागजात बनाएर जापान जान खोज्ने तीनजना र जापान जाने व्यवस्था मिलाएका अन्य तीनजना अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उनीहरूलाई जापान जाने बन्दोबस्तीमा संलग्न जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ११ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट