सर्वोच्चको आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन | Khabarhub Khabarhub

सर्वोच्चको आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं–  नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् ।

अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरूमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुराउन सक्ने भन्दै उनीहरूले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जान समेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए ।

साथै कर्मचारीहरूले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न आग्रह गरेका छन् ।

आफ्ना मागका विषयमा थप दबाब दिनका लागि उनीहरूले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी समेत गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ३४ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला