रविको पक्षमा रास्वपा कार्यकर्ताको प्रदर्शन « Khabarhub

रविको पक्षमा रास्वपा कार्यकर्ताको प्रदर्शन


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आइतबार पनि पोखरा बजारमा प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लाने क्रममा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपाले यही शनिबार कडा आन्दोलन गर्ने बताएको थियो।

प्रहरीले लामिछानेसहित उनका साझेदार पूर्वडीआइजी छविराज जोशी, लीला पछाईं र तनहुँका व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थप गर्न अदालत लगेको छ।

मित्रमिलन सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल र बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि अदालत लगिएको छ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई चौथो पटक कास्की अदालतमा उपस्थित गराएपछि रुपन्देही लाने तयारी छ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : ०४ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको