तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार « Khabarhub

तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जमा बिक्री हुँदै आएको तरकारी तथा फलफूलमा देखिएको विषादीको अवशेषमा सुधार आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा तीन सय ५३ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना जाँच गर्दा विषादीको अवशेष फेला नपरेको कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

‘यो वर्ष हालसम्म कुनै पनि तरकारी र फलफूलको नमुनामा विषादीको अवशेष फेला परेको छैन’, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जका नायब प्राविधिक सहायक गौरव चौधरीले भने, ‘करिब चार सय नमूना परीक्षण गर्दा विषादीको अवशेष फेला नपर्नु सकारात्मक पक्ष हो ।’

प्रयोगशालामा नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार केन्द्र र सहरका विभिन्न स्थानमा बिक्रीका लागि राखिएका फलफूल पसलबाट नमूना सङ्कलन गरेर विषादी परीक्षण गरिएको चौधरीले बताए ।

उक्त प्रयोगशाला एकाइमा गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात नमुनामा विषादीको अवशेष फेला परेको थियो ।

‘गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात वटामा कैफियत पाएका थियौँ’, चौधरीले भने, ‘तीन नमूना पहेँलो र चार नमुनामा रातो सङ्केत पाइएको थियो ।’

रातो सङ्केत भएका वस्तु उपभोग गर्न नमिल्ने भन्दै पहेँलो सङ्केत भएकालाई पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उनले जानकारी दिए ।

तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई हरियो सङ्केत भनिने र उक्त वस्तु उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा पहेँलो सङ्केत गरी त्यसलाई पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने चौधरीले जानकारी दिए । उनका अनुसार ४५ प्रतिशत भन्दामाथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न मिल्दैन ।

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगन्ज आउने तथा भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच गर्ने गरिएको छ । एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमूनाको नतिजा आउने चौधरीको भनाइ छ ।

उनका अनुसार सङ्कलित वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई प्रकारका विषादी समूहको परीक्षण हुन्छ । विसं २०७९ देखि नेपालगञ्जमा तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमूना परीक्षण सुरु गरिएको थियो ।

गत आवमा रानीतलाउस्थित तरकारी बजारमा राखिएका रायोको सागमा विषादी परीक्षण गर्दा ४५ प्रतिशत भन्दा बढी विषादी पाइएको थियो ।

भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानीतलाउमा पुनः परीक्षण गर्ने गरिएको बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताइन्  । उनका अनुसार सार्वजनिक बिदाका दिनमा बाहेक प्रायः दैनिक रूपमा यहाँ परीक्षण हुने गरेको छ ।

नमूना परीक्षणका क्रममा जिल्लामा उत्पादित वस्तुमा विषादीको मात्रा देखिएका किसानलाई सचेत गराउने गरिएको थापाले बताइन् । बेमौसमी तरकारीमा किसानले विषादीको बढी प्रयोग गर्ने गरेकाले उत्पादित वस्तुमा विषादी पाइने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : ३० बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु