फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक हुन् : सभामुख | Khabarhub Khabarhub

फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक हुन् : सभामुख


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् ।

फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी– ८, शङ्खादेवीमा भएको कार्यक्रममा सभामुख घिमिरेले ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको योगदान महत्त्वपूर्ण छ,’ सभामुख घिमिरेले भने, ‘१९८८ साल वैशाख २४ गते जारी गरिएको सत्य धर्म मुचुल्का समाजको मार्गदर्शन थियो ।’

किरात माङ्सेसे हाङ्साम माङ्हिमले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले भाषा, लिपि, संस्कार संस्कृति, समान शिक्षा फाल्गुनन्दका महत्त्वपूर्ण नीति रहेको बताए ।

प्रदेश सभा सदस्य एवं बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले फाल्गुनन्दले किराँत समाज सुधारमा पुर्‍याएको योगदानको स्मरण गरे ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : ४३ बजे

स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ) ले योजनाहरू

पाकिस्तानमा साम्प्रदायिक झडप : १३३ जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे

ओलीको गृहजिल्लामा एमाले हराउने अर्का ओली

काठमाडौं – नेकपा एमालेको ०७९ मा जितेको झापाको कनकाई नगरपालिका–६

अर्थसंक्षेप : एक सातामै धरहराबाट १५ लाख राजस्व संकलन, २० अंकले बढ्यो नेप्से

काठमाडौं– दिनभर आज अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ

‘क्रेडिट रेटिङले लगानीका लागि नेपाल अनुकुल छ भन्ने देखायो’

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख