चाबहिलको एक इन्टेरियर गोदाममा आगलागी  « Khabarhub

चाबहिलको एक इन्टेरियर गोदाममा आगलागी 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो । आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, विद्युतीय सामाग्री, प्लाई लगाएका सामाग्री जलेर नष्ट भएको छ भने आगलागीले वरपरका अन्य घरहरूमा समेत केही क्षति पुराएको छ ।

आगलागी भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत उपत्यकाका तीनै जिल्लाका बारुणयन्त्रको सहायताले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

इन्टेरियर कम्पनी आर्ट्स इन्टरनेशनल प्रालिका सञ्चालन सञ्जिव भण्डारीले आगालागीका समयमा गोदाममा कोही कामदार नभएको र कसरी आगो लाग्यो भन्ने अन्योलमा रहेको बताए । आगलागीका कारण ठूलो क्षति भएको उनले बताए ।

आगलागीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ५० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख