चाबहिलको एक इन्टेरियर गोदाममा आगलागी  | Khabarhub Khabarhub

चाबहिलको एक इन्टेरियर गोदाममा आगलागी 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो । आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, विद्युतीय सामाग्री, प्लाई लगाएका सामाग्री जलेर नष्ट भएको छ भने आगलागीले वरपरका अन्य घरहरूमा समेत केही क्षति पुराएको छ ।

आगलागी भएपछि सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत उपत्यकाका तीनै जिल्लाका बारुणयन्त्रको सहायताले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

इन्टेरियर कम्पनी आर्ट्स इन्टरनेशनल प्रालिका सञ्चालन सञ्जिव भण्डारीले आगालागीका समयमा गोदाममा कोही कामदार नभएको र कसरी आगो लाग्यो भन्ने अन्योलमा रहेको बताए । आगलागीका कारण ठूलो क्षति भएको उनले बताए ।

आगलागीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ५० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको