सबै मिलेर सरकारलाई सफल बनाऔँ : पूर्णबहादुर खड्का « Khabarhub

सबै मिलेर सरकारलाई सफल बनाऔँ : पूर्णबहादुर खड्का


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा खड्काले मुलुकको आवश्यकताका आधारमा ठूला दुई दल मिलेर सरकार गठन गरिएको भन्दै सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका हुन् ।

उनले सरकारलाई सफल बनाउन तीनै तहमा दुई दलीय संयन्त्रसमेत बनाइएको धारणा राखे । अब जनतामा देखिएको निराशालाई चिर्दै नयाँ भरोसा जगाउने काम कांग्रेसले गर्ने उनले बताए  ।

खड्काले ८४ को निर्वाचनमा एकल बहुमत ल्याउने गरी कमीकमजोरी सुधार गर्दै अघि बढ्ने उल्लेख गरे  ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले संविधान संशोधनको कुरालाई सकारात्मक ढंगले अघि बढाउने बताए । संविधान संशोधन गर्दा जनताको अधिकार कटौती गर्ने नभई अधिकारका लागि नपुगेको व्यवस्थाहरू थप गरिने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस नेताहरूले दलित समुदायको अधिकार स्थापित गर्नका लागि सरकारलाई सुझाव दिन आग्रह गरेका थिए । कार्यक्रममा दलित संघको अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ४४ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार